राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता बुद्धिमान तामाङले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको कमान्डर तोक्दा ध्यान नपुगेको स्वीकारेका छन्।
शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राजवादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताएका हुन्।
त्यस्तै उनले राजतन्त्रलाई ‘भूत’ भनिएको भन्दै आपत्ति जनाए। ‘राजालाई किन भूत देख्नुहुन्छ? मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो। दुर्गा प्रसााईंलाई कमान्डर तोक्ने गलत कुरा हो, हुन सक्दैन,’ सांसद तामाङले भने, ‘२०१७ सालको जस्तो राजतन्त्रको कुरा बोल्ने बौलाहा हो।’
नेपालको संविधान गीता, बाइबल र त्रिपिटकजस्तो नभएकाले संशोधन गर्न सकिने उनको भनाइ छ। सांसद तामाङले आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीलाई थुनामा राखिएकोमा आपत्तिसमेत जनाए ।
बैठकमा गृहमन्त्री रमेश लेखक उपस्थित थिए। उनले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनबारे समितिलाई जानकारी गराएका थिए।
राजावादीको हिंसात्मक प्रदर्शनमा दुईजनाको मृत्यु भएको थियो। भीडलाई उक्साएको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशम्शेर राणालाई पक्राउ गरी थुनामा राखेको छ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह