काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई आफ्नो उपाध्यक्षमा मनोनीत गरेको छ ।
पार्टी स्रोतका अनुसार, गत १८ र १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई एकैपटक केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको हो ।
‘अस्ति १८ र १९ गते बसेको बैठकले उहाँलाई उपाध्यक्षमा मनोनीत गरेको हो,’ स्रोतले जानकारी दियो । दुई कार्यकालसम्म नेपालको उपराष्ट्रपति पद सम्हालेका पुनले लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
उपराष्ट्रपति पदबाट बाहिरिएपछि उनी पछिल्लो समय माओवादी केन्द्रका गतिविधि र बैठकहरूमा नियमित सहभागी हुँदै आएका थिए । उनको यो सक्रियताले पार्टीभित्र उनको प्रभाव र महत्वलाई थप प्रष्ट पारेको थियो ।
माओवादी विद्रोहताका डेपुटी कमान्डर भएका उनी शान्ति प्रक्रियासँगै नेपाली सेनामा समायोजनमा नगएर राजनीतिमा लागेर २०७२ मा उपराष्ट्रपति भएका थिए।
माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष पदमा मात्रै सीमित नराखी उत्पादन क्षेत्रमा काम गर्ने विशेष जिम्मेवारी समेत सुम्पिएको छ । यो जिम्मेवारीले उनको अनुभव र नेतृत्वलाई पार्टीको आर्थिक र उत्पादनमूलक गतिविधिमा उपयोग गर्ने लक्ष्य राखिएको देखिन्छ । पुनको मनोनयनलाई माओवादी केन्द्रभित्रको आन्तरिक संगठन सुदृढीकरणको एक कदमका रूपमा पनि हेरिएको छ ।
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै राजनीतिक दलको उपाध्यक्ष बनेपछि आलोचना पनि भइरहेको छ ।
सक्रिय राजनीतिमा रहँदा पासाङ माओवादी केन्द्रबाट सबैभन्दा कम राजनीतिक लाभ पाउने नेतामध्येका पर्छन्। उनी सांसद हुन नसकेका थोरै माओवादी नेतामध्येमा पर्छन्। उनी २०६९ सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए। तर नेपाली कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भए।
सक्रिय राजनीतिमा रहँदा उनी विवादमा पनि तानिएनन्। तर उपराष्ट्रपतिको कार्यकालमा उनका छोराहरूका कारण उनी विवादमा तानिइरहे। मुख्य गरी दीपेश पुनका शङ्कास्पद गतिविधिले पासाङलाई विवादमा तानिइरह्यो। सुन तस्करीदेखि सहकारी ठगीसम्म जोडिए दीपेश। उनको अर्को छोरा र बुहारी समेत सुन तस्करीमा तानिए। दीपेश र उनको श्रीमती सहकारी ठगीमा तानिए।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह