स्थानियको बिरोध भएतापनि कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढाउन सर्वोच्च अदालतले सहजता बनाइदिएको छ ।
तीन वर्षअघि परेको रिट खारेज गर्ने सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ ।
यस डाइभर्सनप्रति जनस्तरमा व्यापक असन्तुष्टि छ । कालीगण्डकी नदीको पानी डाइभर्सन गरी तिनाउ खोलामा मिसाएर १ सय २६ मेगावाट विद्युत उत्पादन गर्ने तथा रुपन्देही र कपिलवस्तुको १ लाख हेक्टर जमिन सिँचाइ गर्ने गरी संघ सरकारले बहुउद्देश्यीय आयोजना सुरु गर्दैछ । त्यसका लागि बुटवलमा कार्यालय खोलिएको छ ।
पोखरा नवलपुर सम्पर्क समाजले नवलपुरका आठै वटा पालिका प्रमुखलाई भेटेर ध्यानाकर्षण गराएकाे छ । त्यस क्रममा सबै पालिका प्रमुखले लाखौं नागरिकको सरोकारसँग जोडिएकोले डाईभर्सन नगर्न आग्रह गरेका छन् । समाजका अध्यक्ष ईश्वर श्रेष्ठले कालिगण्डकी डाइभर्सन नगर्न चेतावनी दिए ।
गैंडाकाेट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले नेपालको सभ्यता र संस्कृतिसंग जोडिएको गण्डकी नदिको अस्तित्व नै समाप्त पार्ने गरी कालिगण्डकी पानी डाइभर्सन गर्ने सरकारको निर्णयले सनातन हिन्दुहरुको आस्था, विश्वास, मूल्य र मान्यता बोकेको हिमालय मुक्तिनाथबाट प्रवाहित प्रवित्र एवं पुण्य नदी र शालिग्राम प्राप्त गर्ने क्षेत्रको दोहन हुने बताए ।
बौदीकाली गाउँपालिका प्रमुख प्रकाश ओझाले कालीगण्डकी सभ्यता भएकोले चलाउन नदिने बताएका छन् ।
कावासाेति नगर प्रमुख बिष्णु भुषालले विश्वकै सवैभन्दा पवित्र र महत्त्वपूर्ण धार्मिक एवम् पर्यटनको महत्त्व रहेको कालिगण्डकी नदी ( मुक्तिनाथ – देवघाट- नारायणी – वाल्मीकिधाम )को अस्मिता र महत्वलाई ध्यान नदिई , कालिगण्डकी नदी डाईभर्सन कार्य पुन: सञ्चालनमा ल्याउन खोज्नु किमार्थ ठीक नहुने बताए ।
मध्यबिन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले विस्तृत अध्ययन र अनुसन्धान विना भारतिय शासकको स्वार्थ अनुरुप राम्दीदेखि देवघाटसम्मका जनताको चाहना विपरित कालिनदीको पवित्रता र धार्मिक अस्मिताको चिरहरण गर्ने षड्यन्त्र भइरहेको बताए ।
नेपाली काँग्रेस, गण्डकीका महामन्त्री बिष्णु लामिछानेले गण्डकी प्रदेशसँग कुनै सरोकार नै नराखी एकलौटी रुपमा आयोजना सन्चालन गरेर दुई प्रदेशबीच द्वन्द्व बढाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।
यो आयोजना २०७१ सालको नीति तथा कार्यक्रममा समावेश गरिएपनि लगातार विरोध हुँदै आएको थियो । १ खर्ब ८० अर्ब रुपैयाँ लाग्ने आयोजनामा २७ किलोमिटर सुरुङ मार्ग हुने बताइन्छ ।
सम्बन्धित खबर
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु
पूर्व–पश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा
नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने
विषालु च्याउ खाँदा १६ जना बिरामी, ३ को अवस्था गम्भीर
पानी परेको बेला दाउन्ने सडकमा राति गाडी चलाउन रोक
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’