प्रचण्ड भन्छन्: म भूमिगतबाट सार्वजनिक हुँदा महिला धेरै प्रभावित भएका थिए, त्यसैले हामी जित्यौँ

राजनीति

प्रचण्ड भन्छन्: म भूमिगतबाट सार्वजनिक हुँदा महिला धेरै प्रभावित भएका थिए, त्यसैले हामी जित्यौँ

prachanda file photo

फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला सक्रिय भए सजिलै चुनाव जितिने टिप्पणी गरेका छन्।

शनिवारका माओवादी केन्द्रको काठमाडौंको दक्षिणकाली नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्।

‘महिलाहरू सक्रिय भए चुनाव सजिलै जितिन्छ भन्ने मलाई थाहा छ,’ दाहालले भने, ‘०६४ मा महिला सक्रिय भएकै कारण माओवादी पहिलो दल बनेको हो। अहिले पनि मलाई त्यस्तै महसुस भइरहेको छ।’

आफू भूमिगतबाट पहिलो पटक सार्वजनिक हुँदा सबैभन्दा बढी महिला प्रभावित भएको दाहालले दाबी गरे । उनले भने, ‘जति बेला म बालुवाटारमा पहिलो पटक सार्वजनिक भएँ, सबैभन्दा बढी महिलाहरू प्रभावित भएका थिए।’

त्यो बेला आफूले दिएको भाषणको महिलामा सिधा असर परेको पनि उनले टिप्पणी गरे । ‘मेरो वक्तव्यको सिधा असर महिलाहरूलाई प¥यो। महिलाले हाम्रो दाइजस्तै, हाम्रो भाइ जस्तै, बुबा जस्तै भनेर महिलाहरूलाई परेको थियो। त्यसपछि पुरुषहरूको केही लागेन हामी जित्यौँ,’ अध्यक्ष दाहालले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ