काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानलाई चुनौती दिएर देशलाई वंशवादतिर फर्काउने प्रयास भइरहेको भन्दै माओवादीले जिम्मेवार भएर त्यसको सामना गर्ने बताएका छन् ।
धरानमा आयोजित किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनमा प्रचण्डले राप्रपाका सांसदहरूले यही संविधानअनुसार सदनभित्र बसेर तलबभत्ता र सबै सुविधा लिएर संविधानकै विरोध गरेको भन्दै आलोचना गरे ।
‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । त्यही भएर सदनभित्र बसेर यही संविधानअनुसार तलबभत्ता सबै सुविधा लिने, अनि ही संविधानको विरोध गर्ने अधिकार पाउनुभएको छ । तपाईँको हिजो राजशाहीमा त्यो अधिकार थियो ? जनताले बिर्सेको छैन, बिर्सिने पनि छैन’, प्रचण्डको भनाइ थियो ।
प्रचण्डले राप्रपाका सांसदलाई नक्कली राजाको कुरा नगर्न भन्दै रियल राजा (वीरेन्द्र) को वंशनास भएको विषयमा छानबिन गरौं भन्ने आँट छ ? भन्दै राप्रपालाई प्रश्न गरेका छन् ।
यस विषयमा उनको भनाइ जस्ताको तस्तै-
दरबारभित्रको भयानक सिंगो परिवारको हत्याको छानबिन गर्ने आँट किन गर्नुभएन । मैले गणतन्त्रको पहिलो प्रधानमन्त्रीको हैसियतले प्रस्ताव गरेको थिएँ । दरबारको भयानक हत्याको जिम्मेवार को हो ? जनताको मनमनमा सबैलाई क्लियर छ, यही हो भन्ने । आयोगकै छानबिन नभएकाले भन्न गार्हो छ । सही छानबिन गर्ने हो भने हाम्रै आँखा अगाडि छन् । प्रमाणित गर्न केही गार्हो छैन, जनताले बुझ्नुपर्यो फेरि एकपटक जाग्नुपर्यो । आन्दोलन गर्छौं भन्ने राजावादी साथीहरूलाई दरबार हत्याकाण्डको छानबिन गरौं भन्ने प्रस्ताव ल्याउन आँट गर्नुहुन्छ ? तपाईँ बडो राजा चाहिन्छ भन्नेहरूलाई अरुभन्दा सालिन राजा भनेर जनताले माया गर्ने राजाको निर्मम ढंगले हत्या हुँदा त्यसको छानबिन गरौं भन्ने आँट छ ? अनि के को राजाको कुरा गर्नुहुन्छ ? अहिले तपाईँहरूले भन्ने गरेको राजा राजा होइनन् । नक्कली राजा हुन् । नक्कली राजालाई बोक्नुभएको छ ? रियल राजाका हत्यारालाई छानबिन गरौं किन भनिरहनुभएको छैन । तपाईँहरू पनि नक्कली कुरा गरिरहनुभएको छ ।
राजावादीको योजना चैत १५ मै विफल बनाएको भन्दै जेठ १५ देखि अर्को आन्दोलनको दुस्साहस नगर्न चेतावनीसमेत दिए ।
उनले भने, ‘हत्यारा मण्डले गुण्डागर्दी अहिले पनि हत्या, आगजनीमै गए १५ गतेबाट जनतालाई छर्लङ्गै भयो देखियो । सुनारको सय चोट, लोहारको एक चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ । १ लाख काठमाडौंमा उतारेपछि उनीहरूको योजना विफल भयो । जेठ १५ देखि अर्को बेलुनमा हावा भर्ने अरे । खबरदार ! त्यो हुनेवाला छैन । जागिसकेको जनतालाई संसारको कुनै शक्तिले रोक्ने छैनन् । त्यो दुस्साहस नगर्न कथित राजावादीलाई चेतावनी दिन चाहन्छु ।’
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’