पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५६९ औँ बुद्ध जन्मजयन्ती र किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले नेपाली धर्तीमा जन्म लिनुभएका महान् पुरुष गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको उल्लेख गरेका छन् ।
‘विश्वमाझ देखिएका विभिन्न युद्ध, हिंसा, घृणा, दमनका रूपहरूको निरूपणमा बुद्धको सन्देश अति सान्दर्भिक रहेको छ । बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ ।’ उनले भनेका छन् ।

बुद्धले मानव जगतलाई एक सुन्दर, अनुशासित, समानता, अहिंसा, शान्ति र सम्मानित समाजमा अग्रसर रहन मार्गदर्शन गर्नुभएको उल्लेख गर्दै उपदेशलाई आत्मसात् गर्न सकिए विश्वमा भातृत्व, बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ – ‘उभौली जस्ता चाडपर्वहरूले मौलिक संस्कृतिको जगेर्ना गर्दै सबैलाई सामाजिक सद्भाव र मेलमिलापको सन्देश दिएको छ । नेपालीहरूको एकतामा उर्जा थप्न र सामाजिक बन्धुत्वको अभिवृद्धि गर्न यस्ता पर्वहरू अपरिहार्य छ । बुद्धजयन्ती र उभौलीको यो दिनमा भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान दिन सकियोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह