पोखरा । गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता एवं पूर्वमुख्मन्त्री खगराज अधिकारीले राजनीतिक स्थायित्वकै लागि नेपाली कांग्रेस र एमालेको सरकार गठन भएको बताएका छन् ।
गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले स्थिरतासंगै संघीय सरकारले बिकास निर्माणका काममा पनि तिब्रता दिएको उल्लेख गरे ।
‘सरकार बनाउने क्रममा राजनीतिक मूल्यमान्यता छाडेका हौला, सांसदको संख्या जसरी पनि बढाउन खोजिएको होला । यो गल्ती गरिएकै हो’, अधिकारीले भने, ‘तर सरकारमा नहुँदा छटपटिएर सरकारका कारण जनतामा निराशा उत्पन्न भएको भनिदै छ त्यो अवस्था छैन । सरकार आफ्नै गतिमा हिडिरहेको छ ।’ सबै दलको सहमतिका आधारमा संविधान संसोधन हुने उनले बताए ।
गण्डकीमा तीन दलबीच भएको सहमति अनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिए । कुनै पनि समितिमा कसैलाई नराख्ने नभनिएको भन्दै उनले तर भद्र सहमतिको अवज्ञा गरेर एमालेमाथि दोष दिन नपाइने उनले बताए ।
‘जे चाहन्छि लैजाउनुस तर एमलेमाथि झुटो आरोप लगाएर आफु भने सहमतिबाट नभाग्नुस’, सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलले नपाएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको भनाईप्रति इंगीत गर्दै अधिकारीले भने, ‘तर कांग्रेस र विपक्षी दलले दोष एमालेमाथि नलगाउनुस ।’
उनले गणतन्त्रको स्वाद चाख्ने अनि लुटतन्त्र भन्न नपाइने पनि बताए । हिजो लुटतन्त्रको झन्डा हल्लाउँदा के हेर्नु भएको थियो भन्दै उनले राप्रपा सांसद पंचराम गुरुङप्रति कटाक्ष गरे । आगजनी, तोडफोड, पत्रकार हत्या गर्ने र फेरी आगजनीका लागि निमन्त्रणा गर्दै हिडेको भन्दै उनले राजावादीको आन्दोलनलाई लुटतन्त्र बताए ।
‘राजावादीको आन्दोलनले गणतन्त्रमाथि कुनै खतरा छैन’ उनले भने, ‘यो सवल र सक्षम गणतन्त्र हो । अझै बलियो बनाइन्छ ।’ उनले प्रदेशको बिकास लागि सबै दलहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’