अखिलमा ३२ वर्ष उमेरहद लागू गराउन एमालेको सर्कुलर, निर्णय सच्याउन नरेश रोकायाको माग

उमेरहद

अखिलमा ३२ वर्ष उमेरहद लागू गराउन एमालेको सर्कुलर, निर्णय सच्याउन नरेश रोकायाको माग

अखिल अध्यक्ष भन्छन्- ३२ वर्षे क्याप कोही व्यक्ति लक्षित छैन, भावनामा नबहकियौं

aneraswobiu

काठमाडौं । नेकपा एमालेले आफ्नो विद्यार्थी संगठन अनेरास्वियुलाई अब हुने संगठनको २४औँ महाधिवेशनमा ३२ वर्ष उमेरहद लागु गर्न निर्देशन दिएको छ।

एमालेका महासचिव शंकर पोखरेलले अनेरास्ववियु केन्द्रीय कमिटीसहित सम्बन्धितहरूलाई पत्र पठाउँदै चौबीसौँ महाधिवेशनमा ३२ वर्षे उमेरहद कायम गर्न भनेका हुन्।

पत्रमा लेखिएको छ- यस सन्दर्भमा ३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्थाअनुरूप पदाधिकारी तथा सदस्यका उमेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने। यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरू अर्को महाअधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन्। यससम्बन्धी व्यवस्था संगठनका सबै तहका कमिटीहरूमा लागु हुने गरी विधानमा आवश्यक व्यवस्था मिलाउने।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा २०८२ जेठ ११ गते बसेको पार्टीको केन्द्रीय सचिवालयको ५२औँ बैठकले उक्त निर्णय गरेको हो।

अनेरास्ववियुको चौबीसौँ महाधिवेशन यही महिनामा सम्पन्न हुने एमालेले जनाएको छ। स्ववियु निर्वाचनका लागि पनि २८ वर्षको उमेरहद कायम भइसकेको छ।

निर्णय सच्याउन महासचिव रोकायाको माग

३२ वर्षको उमेरहदबारे अनेरास्ववियुका महासचिव नरेश रोकायाले असहमति जनाएका छन् । रोकायाले सर्कुलरलाई लोकतान्त्रिक प्रक्रिया र पार्टीको मूल सिद्धान्त विपरीत भएको दाबी गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेका छन्।

‘केन्द्रीय सचिवालयको बैठकमा समसामयिक राजनीतिक परिस्थिति बाहेक अन्य कुनै एजेन्डा थिएन। यस्तो अवस्थामा एजेन्डामै नभएको विषयमा गरिएको निर्णय पार्टीको आन्तरिक लोकतन्त्र र जनवादी केन्द्रीयताको सिद्धान्त विपरीत छ’ रोकायाले सामाजिक सञ्जालमा लेखेका छन् ।

रोकायाले महाधिवेशन नजिकिँदै गर्दा खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्नु अनुचित भएको भन्दै आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘खेल सुरु भइसकेपछि खेलको नियम परिवर्तन हुँदैन। यदि गरियो भने त्यो म्याच फिक्सिङ मानिन्छ। ’

महासचिव रोकायाले अनेरास्ववियुको आफ्नै विधान र साङ्गठनिक संरचना रहेको भन्दै यस्ता परिवर्तनहरू महाधिवेशन वा विधान अधिवेशनमार्फत मात्र गर्न सकिने धारणा राखेका छन्। साथै, उनले राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिहरूले आवश्यक निर्णय लिन सक्ने उल्लेख गरेका छन्। रोकायाले पार्टी नेतृत्वले यस विषयमा पुनर्विचार गर्ने विश्वास व्यक्त गर्दै शुभचिन्तकहरूलाई धैर्य रहन आग्रह समेत गरेका छन्।

यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु क्रान्तिकारी ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको थियो । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।

अखिल अध्यक्ष भन्छन्- ३२ वर्षे क्याप कोही व्यक्ति लक्षित छैन, भावनामा नबहकियौं

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ