नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। यो मुद्दा पतञ्जलि जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित छ।
आजै बिहान बारा पुगेका अध्यक्ष नेपालले अहिलेको सरकारलाई हटाउला भन्ने कल्पना कसैलाई नगर्न टिप्पणी गर्दै भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सुझाव दिएका थिए ।
सिमरा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी उनले भने, ‘यो सरकारले बुद्धि पुर्याओस्, देशको विकासको काममा ध्यान केन्द्रित गरोस्, भ्रष्टाचारलाई नियन्त्रण गरोस्, सुशासनको प्रत्याभूति गरोस् दूरगामी महत्वका परियोजनाहरूमा ध्यान दिओस् । देशको अर्थतन्त्रको आधार भनेको कृषि नै हो, त्यसैले कृषिजन्य तथा खानीजन्य उद्योगहरू, जलविद्युत्मा आकर्षित गरौँ ।’
नेपालले धेरै नेताहरूले सत्ताको लाभ मात्रै लिन थालेकोले जनतामा विकल्पको चाहना देखिएको टिप्पणी पनि गरे । उनले गृहमन्त्रीको राजीनामाको विषयमा संसद्मा कुरा उठ्ने बित्तिकै राजीनामा दिनुपर्ने भए झन्डै १२ वटा मन्त्रालयको विषयमा कुरा उठेकोले सबै मन्त्रीले राजीनामा दिनुपर्ने स्थिति आउन सक्ने बताएका थिए ।
राजवादीहरूको आन्दोलनलाई लिएर अध्यक्ष नेपालले एउटा वंशको दास बन्ने कुरालाई स्विकार्ने नसकिने टिप्पणी गरेका छन् । ‘राजपरिवारका सदस्य अर्थतन्त्रमा महारथी भए राजनीतिमा आउनु अर्थशास्त्री बनाइदिउँला, परिआयो भने अर्थमन्त्री पनि बनाइदिउँला कुनै ठुलो कुरा भएन,’ अध्यक्ष नेपालले भने, ‘तर राजा बन्ने कल्पना नगरे हुन्छ, हामी आफ्नो टाउकामा अर्को बज्र प्रहार हुने र एउटा वंशको दास बन्ने कुरालाई स्विकार्ने पक्षमा छैनौँ ।’
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’