झाँक्रीले नेपाललाई लक्षित गर्दै अब काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने बताइन्।
‘पार्टी बनाउने नै हो भने यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ, पार्टीमा अर्को ठूलो संकट छ। तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ, अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं, कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं।’ उनले भनिन्,‘अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ, कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’
झाँक्रीले हलबाट नै नेतृत्व छान्नुपर्ने बताइन्। उनले मतदाता नामावली सारेर ल्याएका मान्छे र टीका लगाएर बनाएको केन्द्रीय समितिबाट पार्टी बन्न नसक्ने धारणा राखिन्।
उनले भनिन्,‘हामी सुध्रिने हो भने, नयाँ ढंगले जानको लागि अर्ली महाधिवेशन गरौं, हलबाट नेतृत्व छानौँ। तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्नुहुन्छ। होइन भने- मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न।’
एमाले विभाजनपश्चात माधव नेपालको हात समाएर निर्वाचन आयोगमा दल दर्ताका लागि जाँदा युवा नेतृ झाँक्रीको चर्चा बढेको थियो। तर पछिल्लो समय झाँक्री र नेपालको सम्बन्धमा समेत दरार आएको छ।
सम्बन्धित खबर
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
एमाले ११औं महाधिवेशन: निर्वाचनको नतिजा भोलि मात्रै आउने
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?