बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा आज बिहान ६ बजेतिर सुपप्र ०१००१ ज१३७२ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय सन्तोशबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर जोराले बताए ।
गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा अन्य ६ जना घाइते छन् । घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन् ।
शनिबार बिहान ५ः३० बजे बैतडीको पाटन-६ स्थित खिपालीमा जीप दुर्घटना भएको हो। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए। जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
सम्बन्धित खबर
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
रुकुम पश्चिम जिप दुर्घटना: मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रुकुम पश्चिममा जिप दुर्घटना : सात जनाको मृत्यु, १० जना घाइते
स्याङ्जामा मोटरसाइकल दुर्घटना: राष्ट्रिय कृषि परियोजना कास्कीका प्रमुख लम्सालको मृत्यु
इलाममा बाढी-पहिरोले कम्तिमा १८ जनाको मृत्यु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’