काठमाडौँ : सरुवा गरेको ठाउँमा नजाने, नेताहरूको पावर लगाएर रमाना नलिने र आफ्नो सरुवा रोक्ने परिपाटीले उपत्यकाबाहिर चिकित्सक पठाउन नसकिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताएका छन्।
मन्त्रालयको जिम्मेवारी समालेको एक वर्ष पुगेको अवरमा पत्रकारसँग आफ्नो उपलब्धि सुनाउँदै मन्त्री पौडेलले उपत्यका बाहिर सेवा दिन जान चिकित्सकहरूले नै इच्छा नदेखाउने गरेको र आफ्नो सरुवा रोक्न नेताहरूको पावर लगाउने गरेको बताएका हुन्।
किन उपत्यका बाहिर विज्ञ चिकित्सकहरू कम पठाइन्छ भन्ने प्रश्नमा स्वास्थ्यमन्त्री पौडेलले भने, ‘मैले स्वास्थ्यमन्त्री भएर केही लुकाएको छैन। गजेन्द्ररायणमा एकजना मात्रै स्थायी दरबन्दी छ तर सरुवा गर्यो जानुहुन्न, नेताहरूबाट पावर लगाउनुहुन्छ, अनि नेताहरूले पनि मेरो मान्छेलाई किन सरुवा गरेको रोक भन्दै फोन गर्नुहुन्छ। भाषण ठूला-ठूला गर्ने तर आफ्नो मान्छेको सरुवा गर्दा रोक्न दवाब दिनुहुन्छ। यसले गर्दा उपत्यका बाहिरका सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक पुर्याउनै समस्या छ, हामीले चिकित्सकलाई अनुनय-विनय गरेका छौँ, सरकारी जागिर खाएपछि खटाएको ठाउँमा गइदिनुस्।’
मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेको एक वर्षमा आफूले स्वास्थ्य सेवामा उल्लेखनीय काम गरेको बताएका छन्।
उनले ५ हजार जनशक्ति थप्न क्याबिनेटले दिएको सैद्धान्तिक सहमतिलाई पनि आफ्नो मुख्य उपलब्धिका रुपमा उल्लेख गरे। विधेयक संसोधन प्रस्ताव, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्मा पेश हुने अवस्थामा रहेको उनले बताए। मन्त्री पौडेलले स्वास्थ्य बीमा ओएनएम सुरु गरिएको बताए।
अस्पताललाई स्वास्थ्य बीमा बोर्डले तिर्न नसकेको बक्यौता फरफारक गर्ने उनले बताए।
पौडेलले प्रथम स्वास्थ्य विन्दु सहज बनाएको, स्वास्थ्य बीमा १ महिनामा सुरु गरिएको, ११३ आधारभूत अस्पताल निर्माण सम्पन्न गरिएको र ५५ वटा सञ्चालनमा ल्याइएको, स्थानीय तहमा समायोजन भएका १५० एमडिएमएस चिकित्सकलाई प्रदेशमा काम गर्नेगरी व्यवस्था मिलाइएको बताए। उनले एमआरआई, पेट स्क्यान र क्याथ ल्याबका लागि पर्याप्त बजेट ल्याइएको पनि बताएका छन्।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह