भक्तपुरको ठिमीमा मृत भेटिएका दिदीबहिनी दुई साताअघि भारतको मुम्बईबाट नेपाल आएर बसेको तथ्य खुलेको छ ।
परिवारलाई थाहा नदिई उनीहरू के कति कारणले नेपाल आए भन्ने कुरा प्रहरी अनुसन्धानबाट अझै खुल्न सकेको छैन । प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीले अहिले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।
मुम्बईस्थित मीर भाइन्दरमा बस्ने १६ वर्षीया मेनुका कँडेल र १३ वर्षीया सिर्जना कँडेल बिहीबार बिहान मध्यपुर ठिमी नगरपालिका– ८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको जस्ताको टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
भक्तपुर परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मेनुका र सिर्जनाको मृत्युको रहस्य खुलेको छैन । उनले लोकान्तरसँग भने, ‘बुवाआमा मुम्बईबाट दिल्ली हुँदै जहाजमा काठमाडौं आउँदै हुनुहुन्छ, त्यसपछि मात्रै यी दिदीबहिनी किन काठमाडौं आए, परिवारमा के खटपट भयो लगायतका कुरा खुल्छन् ।’
अभिभावकले बताएअनुसार मेनुका र सिर्जनालाई एक होटलमा काममा लगाइएको थियो, जहाँ सीसीटीभी थिएन । ‘भारतकै एक टेलिभिजनलाई मेनुका र सिर्जनाका बुवाआमाले बताएअनुसार उनीहरूलाई एक होटलमा, त्यो पनि सीसीटीभी नभएको ठाउँमा काममा लगाइएको रहेछ,’ डीएसपी नेउपानले भने, ‘अब अभिभावक आएपछि नै बुझ्छौं ।’
सुर्खेत पञ्चपुरी नगरपालिका– ८ स्थायी घर भएका बासुदेव कँडेल र उमा कँडेल मुम्बईमा सपरिवार बस्दै आएका थिए । छोरीहरूको मृत्युको खबरपछि उनीहरू नेपाल आउँदै गरेको बताइएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’