बागमतीका मुख्यमन्त्री बहादुर लामाले गुमाए कांग्रेस संसदीय दल नेताको हैसियत, पक्ष र विपक्षमा को–को ? (सूचीसहित)

बागमतीका मुख्यमन्त्री बहादुर लामाले गुमाए कांग्रेस संसदीय दल नेताको हैसियत, पक्ष र विपक्षमा को–को ? (सूचीसहित)

मत विभाजन गर्दा ईन्द्रबहादुर बानियाँ बलियो, भोलि संसदीय दल नेताको चुनाव

Indra-Baniya-and-bahadur-Singh-Lama

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताको हैसियत गुमाएका छन्।

मंगलबार हेटौंडामा संसदीय दल नेता तामाङका पक्ष र विपक्षमा मतविभाजन गरिएको थियो। जसमा मुख्यमन्त्रीसमेत रहेका संसदीय दल नेता तामाङको पक्षमा जम्मा १५ जना सांसद उभिए भने ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना सांसद उभिएका छन्।

बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्। भोलि संसदीय दल नेता छान्न चुनाव हुन्छ।’ संसदीय दल नेताको हैसियत गुमाएकोले मुख्यमन्त्री तामाङ फेरि संसदीय दल नेता निर्वाचनमा प्रतिस्पर्धा गर्छन् कि गर्दैनन् यकिन भइसकेको छैन।

अब सांसद बानियाँ संसदीय दल नेता र नयाँ मुख्यमन्त्री हुने तयारीमा छन्।

मुख्यमन्त्री लामाको मन्त्रिपरिषदमा रहेका ५ जना कांग्रेसका मन्त्रीले पदबाट राजीनामा दिइसकेका छन्। गत शुक्रबार २१ जना सांसदले दल नेता तामाङविरूद्ध हस्ताक्षर गरेका थिए।

तामाङ र बानियाँ दुवै सभापति शेरबहादुर देउवा पक्षका हुन्। बागमती प्रदेश संसदीय दलमा मतभेद भएपछि सभापति देउवाले प्रतिनिधि सभा सांसद राजन केसीलाई सहजीकरणको जिम्मेवारी दिएका थिए।

बानियाँ समर्थन गर्ने सांसदहरू

१. इन्द्रबहादुर बानियाँ

२. शिवराज अधिकारी

३. कञ्चनचन्द्र वादे

४. दिपेन्द्र श्रेष्ठ

५. पुकार महर्जन

६. बिनु रायमाझी पौडेल

७. यमुना देवी श्रेष्ठ

८. उर्मिला नेपाल केसी

९. शान्ता ढकाल

१०. प्रभात तमाङ

११. छिरीङ्ग दोर्जे लामा

१२. मीना पराजुली

१३. याङ्किला शेर्पा

१४. मीन कृष्ण महर्जन

१५. बिमल ठकुरी

१६. मदुकुमार श्रेष्ठ

१७. सुरजचन्द्र लामिछाने

१८. सुरेश श्रेष्ठ

१९. श्रीराम लामिछाने

२०. सुना परियार

२१. श्यामबहादुर खड्का

२२. कृष्णबहादुर तामाङ

लामाको पक्षमा सांसदहरू

१. बहादुरसिंह लामा तामाङ

२. कुन्दनराज काफ्ले

३. उत्तम जोशी

४. लक्ष्मी श्रेष्ठ

५. रमेशकुमार महत

६. हरिप्रभा खड्गी

७. रामकुमार पहाडी

८. छेत्रबहादुर बम्जन

९. गिता गुरूङ

१०. मसिना खड्का

११. तिर्थ लामा

१२. रामकृष्ण चित्रकार

१३. माया श्रेष्ठ

१४. गोविन्द लम्साल

१५. समिता खड्गी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ