प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियान तीन करोडभित्रै राख्न ‘सुझाव’ दिएका छन्।
मंगलबार कैलालीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रास्वपाले कीर्ते हस्ताक्षर गरेर अनावश्यक प्रचार गरिरहेको आरोप लगाए।
रास्वपाले सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको भन्दै हस्ताक्षर संकलन गरिरहेको छ। लामिछानेको पक्षमा भनेर संकलन गरिरहेको हस्ताक्षर किर्ते भएको प्रधानमन्त्री ओलीको आरोप छ।
‘असभ्य ढंगले बोल्या छ, तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लाग्या छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरुलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला’ उनले भने, ‘दुई–चार जनालाई सही गरायो, घरमा गएर दनादन दनादन हस्ताक्षर क्याम्पेन, अहिले त कति हो लाख भन्छन्।
रास्वपा सभापति लामिछानेविरुद्ध चारवटा जिल्लामा संगठित सहकारी ठगीको मुद्दा चलिरहेको छ। उनी हाल पूर्पक्षका लागि रुपन्देही कारागारमा छन्।
रास्वापाले उनीमाथि राजनीतिक प्रतिशोध भएको आरोप लगाइरहेको छ। प्रधानमन्त्री ओलीले भने लामिछानेमाथि आफूले कुनै प्रतिशोध नराखेको जिकीर गरे।
‘विभिन्न किसिमका अपराध गर्यो अनि सरकारलाई गाली गर्यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन, ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्रतिशोध, के को प्रतिशोध?’, उनले प्रश्न गरे, ‘मैले बनाएको हो गृहमन्त्री, मैले ल्याएको हो राजनीतिमा, के को प्रतिशोध?’
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो