पोखराको रत्नचोक निवासी डा. उज्ज्वल चालिसेलाई सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा क्यान्सर रोग विशेषज्ञ नियुक्त गरेको छ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। विगत केही महिनादेखि सोही अस्पतालमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका डा. चालिसेले अब पूर्ण कार्यकारी अधिकारसहित अस्पतालको नेतृत्व गर्नेछन्।
डा. चालिसे हाल काठमाडौँको टोखामा बसोबास गर्दै आएका छन्। उनीसँग क्यान्सर उपचारको क्षेत्रमा लामो र विविध अनुभव छ।
यसअघि उनले चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका साथै काठमाडौँका ह्याम्स र ओम अस्पतालजस्ता प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा सेवा गरिसकेका छन्। क्यान्सरको पहिचान, विकिरण (रेडिएसन) तथा ब्राकीथेरापी, किमोथेरापी र प्यालिएटिभ केयरजस्ता विशिष्ट उपचार पद्धतिमा उनको गहिरो दक्षता रहेको छ।
डा. चालिसेले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र सन् २०१२ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (न्याम्स) बाट क्लिनिकल अन्कोलोजीमा एमडी गरेका हुन्। उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक वर्षको आवासीय तालिमसमेत पूरा गरेका छन्।
अहिलेसम्म डा. चालिसे अस्पतालमा आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत थिए । उनले नेतृत्व सम्हालेपछि अस्पताल सुधारका थुप्रै कामहरु अघि बढिरहेको छ ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ