पहिरो झर्ने क्रम नरोकिएपछि मुग्लिन–नारायणगढ सडक खुल्न सकेन

पहिरो

पहिरो झर्ने क्रम नरोकिएपछि मुग्लिन–नारायणगढ सडक खुल्न सकेन

muglin pahiro

शुक्रबार साँझदेखि खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

चितवनको तुईन खोला पुल नजिकै निरन्तर पहिरो झरेपछि यातायात पूर्णरूपमा ठप्प भएको हो । शनिबार साँझ खसेको ठूलो पहिरोपछि रातभर ढुंगा खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन सम्भव नभएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

माथिबाट ढुंगा खस्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन कठिनाइ भएको छ । सुक्खा पहिरोले करिव १०० मिटर सडक ढाकेको जनाइएको छ । हाल तीनवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरी दुवैतर्फबाट पहिरो हटाउन प्रयास जारी छ ।

ढुंगा खस्ने क्रम रोकिएमा कम्तीमा चार घण्टामा सडक सञ्चालनमा ल्याउन सकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

पहिरो हटाउन समस्या भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै आउजाउ गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

सडक अवरुद्ध हुँदा कयौं सावरी साधन बिच बाटोमै रोकिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ