‘९ अक्टोबरमा प्रदर्शनको कुनै तयारी छैन, शान्ति बिथोल्न चाहन्नाैँ’

‘९ अक्टोबरमा प्रदर्शनको कुनै तयारी छैन, शान्ति बिथोल्न चाहन्नाैँ’

Miraj-Dhungana

जेन–जी नेता मिराज ढुंगानाले ९ अक्टोबरमा कुनै किसिमको आन्दोलनको कार्यक्रम तय नभएको प्रस्ट पारेका छन् ।

अहिले सामाजिक सञ्जालमा ९ अक्टोबरमा जेन–जीको विशाल प्रदर्शन हुने भन्दै प्रचार गरिएको छ । उक्त प्रचार खारेज गर्दै ढुंगानाले प्रदर्शनको कुनै तयारी नभएको बताए ।

टिकटकमा भिडियो सन्देश जारी गर्दै मिराजले देशमा कायम भएकाे शान्ति विथोल्न आफूहरूले नचाहने बताएका छन् । उनले भनेका छन्, ‘धेरैले मलाई अक्टाेबर ९ काे विषयमा साेधिरहनुभएकाे छ । म प्रस्ट्याउन चाहन्छु– अक्टाेबर ९ मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने याेजना छैन । त्यस्ताेमा हामी संलग्न हुँदैनाैँ ।’

उनले एजेन्डाबिना कुनै पनि आन्दाेलन गर्नुकाे औचित्य नहुने पनि बताएका छन् । २३ भदाैको आन्दोलनमा मुसा मार्न जाँदा बाघ मारिएको उनले बताएका छन् । ‘हामी मुसा मार्न गएका थियाैँ । बाघ मारेर ल्यायौँ । अब बाघ बाेकेर ल्याउन सकिँदैन जंगलबाट । त्यस्ताे अवस्था थियाे’, मिराज भन्छन्, ‘एजेन्डाबिना हामी कुनै पनि खालकाे प्रदर्शनमा भाग लिदैनाैँ । देशमा बनिसकेकाे शान्ति फेरि भंग गर्नेवाला छैनाैँ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds