जेनजी विद्रोहको मुख्य आशय केपी ओली हटाउनमात्रै थियो भन्ने देखायो: डा. केसी

जेनजी विद्रोहको मुख्य आशय केपी ओली हटाउनमात्रै थियो भन्ने देखायो: डा. केसी

surendra-kc

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले वर्तमान सरकारले चाहँदाखेरि जनताको चाहनाअनुसार काम गर्नसक्ने बताएका छन् ।

तर, काम गर्ने वा नगर्ने भन्ने कुरा यो सरकारको इच्छाशक्तिमा भरपर्ने उनको भनाई छ ।

नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिलेको सरकार गैरजेनजीहरुको भएकोले यो सरकार जेनजीहरुको भावनअनुसार चल्छ भनेर कल्पना गर्न नहुने टिप्पणी गरे ।

आफूले त जेनजी उमेर समूहको नै मन्त्रिमण्डल बनाउन भनेको पनि केसीले स्मरण गराए ।

उनले भने, तर यो परीणामले के देखायो भने जेनजी विद्रोहको मुख्य आशय भनेको केपी ओलीलाई हटाउनुमात्रै थियो, व्यवस्था त्यही रहने, उमेरसमूह त्यही रहने, अनि के को जेनजी समूह हुने ? जबसम्म यो स्पष्टता हुन्छ, यो कुहिरोको कागले केही पनि ल्याउँदैन् । बरु, समाजमा द्धन्द्धको अवस्था देखापर्छ । त्यसले मुलुकलाई अप्ठ्यारो पार्नेबाहेक केही पनि गर्दैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ