केपी ओली र प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरूको सुरक्षा कटाैति

केपी ओली र प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरूको सुरक्षा कटाैति

Kp-oli-prachanda

सरकारले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी फिर्ता गरेको छ । मापदण्डभन्दा बढी संख्यामा सुरक्षाकर्मी प्रयोग भएको भन्दै गृहमन्त्रीस्तरीय निर्णयमार्फत उनीहरूको सुरक्षा टोली घटाइएको हो ।

स्रोतका अनुसार ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी फिर्ता गराइएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालकै जोडबलमा यो निर्णय भएको बताइएको छ । गृहमन्त्री अर्यालले आजै दिउँसो तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए ।

आज दिउँसो ओलीले भक्तपुरमा आयोजित कार्यक्रममा सरकारको चर्को आलोचना गरेका थिए । उनले गृहमन्त्री अर्याललाई सत्ता चलाउन सजिलो नरहेको भन्दै कटाक्ष गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर आफू नभाग्ने पनि ओलीले बताएका थिए ।

ओलीको बिहीबारको भाषणपछि गृहमन्त्री अर्याल उनीप्रति थप रुष्ट बनेको गृहका अधिकारीहरूले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ