विघटित प्रतिनिधिसभाकी सांसद विद्या भट्टराई भन्छिन्– मैले दुवै कार्यकालमा रातो पासपोर्ट बनाइनँ

विघटित प्रतिनिधिसभाकी सांसद विद्या भट्टराई भन्छिन्– मैले दुवै कार्यकालमा रातो पासपोर्ट बनाइनँ

Bidhya-bhattarai-bidya

अहिले विघटित प्रतिनिधिसभाका सांसदहरूले धमाधम रातो पासपोर्ट फिर्ता गरिरहेको समयमा एमालेबाट विजयी पूर्वसांसद विद्या भट्टराईले भने आफूले दुवै कार्यकालमा पासपोर्ट नबनाएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेकी छिन्, ‘नमस्कार निवर्तमान प्रतिनिधिसभा सदस्य ले रातो पासपोर्ट बुझाइरहनु भएको सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको छ । मैले रातो पासपोर्ट दुवै कार्यकालमा बनाएको थिइनँ भन्ने कुरा यहाँहरू सबैमा जानकारी गराउँछु ।’

कास्कीबाट उपनिर्वाचान र आमनिर्वाचन दुवैबाट विजयी भएकी भट्टराई सांसद हुनुअगाडि उनी प्राध्यापन गर्दै थिइन् । त्यो भन्दा अगाडि उनी विद्यार्थी राजनीतिमा सक्रिय थिइन् ।

शिक्षक आन्दोलनताका शिक्षकका मागमा नरम भएपछि उनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद भएको खुलासा भएको थियो । पछि उनले राजीनामा दिएपछि रघुजी पन्त शिक्षामन्त्री बनाइएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ