काठमाडौं । नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
जेन-जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले नेपाल प्रेसलाई बताए ।
सुजनले सार्वजनिक रूपमा दिएको राजीनामालाई आधार मानेर पारित गरिएको पार्टीका जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले बताए ।
नेतृत्वमा आलोपालो गर्ने सहमति भएको छ । धामी र शिवाकोटीबीच नेतृत्व भागबन्डा गर्ने सहमति भएको छ । धामीले ०८३ जेठ ३ गते शिवाकोटीलाई अध्यक्ष हस्तान्तरण गर्ने सहमति बनेको बताइन्छ ।
धामी जेठमा ३२ वर्षे उमेर हद नाघ्ने भएकाले शिवाकोटीलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति बनेको हो । नेतृत्व हस्तान्तरण जेठमा राष्ट्रिय भेला वा महाधिवेशनमै गएर गरिने समझदारी बनेको छ । यसले संगठनभित्र पनि विवाद नहुने र पार्टीको निर्देशन कार्यान्वयन पनि हुने ती पदाधिकारीले बताए ।
सँगै निवर्तमान अध्यक्ष कडरियालाई भने माउ पार्टी एमालेको आसन्न ११ औं महाधिवेशनमा प्रतिनिधि सुनिश्चित गर्ने पनि सहमति भएको छ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’