काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका केन्द्रीय सदस्यहरूले भूराजनीतिका कारण कांग्रेस विभाजनको संघारमा पुगेको भन्दै त्यसलाई रोक्न प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौँको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा शुक्रबार भएको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको छलफलले कांग्रेसलाई कमजोर बनाउन भित्रिया र बाहिरी शक्ति सक्रिय भएको निष्कर्ष निकालेको हो ।
छलफलपछि केन्द्रीय सदस्य गुरु बरालले भूराजनीति र राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुनबाट रोक्न सबैमा आह्वान गर्ने निष्कर्ष निकालेको जानकारी दिए । ‘पार्टी विभाजन र कमजोर बनाउन सक्रिय छन् । त्यसकारण पार्टी एकता र फुटबाट जोगाउन कसरी सकिन्छ भन्ने छलफल भयो,’ बरालले भने, ‘भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन नदिन देश भरका साथीहरूलाई आह्वान गर्ने निर्णय भयो ।’
उनले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्ने निष्कर्ष निकालेको पनि जानकारी दिए ।
छलफलमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामा सहभागी थिए । त्यस्तै रमा पौड्याल कोइराला, गोमा भटराई, सुशीला ढकाल आचार्य, लक्ष्मी खतिवडा, कृष्णकिशोर घिमिरे, सिता देवकोटा, शारदा पौडेल, सिता राना, रुपा विश्वकर्मा, बराल, मानबहादुर नेपालीसहितका केन्द्रीय सदस्यहरू सहभागी थिए ।
बरालले पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारे पनि कुराकानी भएको बताए ।
उनले विशेषको नाममा पार्टी विभाजन हुन लागेको भन्दै विशेष भनिरहेकाहरूलाई पनि पार्टी एक ढिक्का बनाउन आह्वान गरिने बताए ।
‘विशेषको नाममा पार्टी विभाजन हुन लाग्यो, उहाँहरूलाई पनि कांग्रेस एकढिक्का बनाउन आह्वान गर्ने निर्णय भयो,’ बरालले भने ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
बालेन्द्र साहले चैत १४ गते प्रधानमन्त्रीको सपथ लिने सम्भावना
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर