ओलीले निर्वाचनमा सेनालाई पहिलो सुरक्षाको जिम्मा नदिन प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका छन् । बिहीबार बिहान उपाध्यक्ष विष्णु पौडेललाई लिएर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका ओलीले अघिल्ला चुनावमा सेनाको भूमिका सहयोगीका रुपमा मात्रै हुने स्मरण गराएका थिए।
भदौ २४ गते जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओलीले तत्कालीन अवस्थामा सेनाले खेलेको भूमिका प्रति असन्तुष्टि जनाउँदै आएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आफूलाई सेनाले भदौ २७ गते कार्कीले प्रधानमन्त्रीको शपथ लिएपछि मात्रै मोबाइल चलाउन दिएको सम्पादकहरूसँग बताएका थिए।
सेनाकै असहयोगका कारण हेलिकोप्टर चढेर बालुवाटार छाड्नु परेको बुझाइमा रहेका ओलीले चुनावी सुरक्षाप्रति पनि उसको भूमिकामाथि शंका गरेका हुन्।
भेटका क्रममा एमाले अध्यक्ष ओलीले बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्न नहुने धारणा राखेका थिए। अप्रत्यक्ष रुपमा चुनावको वातावरण बनाउने र आफ्ना कुरा प्रधानमनत्री समक्ष राखेर राष्ट्रिय एजेण्डाका रुपमा अघि बढाउने रणनीतिका साथ ओलीले प्रधानमन्त्री कार्कीसँग भेटघाट गरेर आफ्ना कुरा भनेको एमाले स्रोतले बतायो।
ओलीले प्रधानमन्त्री कार्कीलाई धाँधलीरहित चुनाव गराउनसमेत ध्यानाकर्षण गराएको स्रोतले बतायो। उनले मतदानपछि मतपेटिकाको सुरक्षामा विशेष ध्यान दिन सुझाए।
ओलीले चुनावी सरकारको नियतमाथि प्रश्न पनि उठाएका छन्।
ओलीले देशमा लोकतान्त्रिक शक्तिहरुलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री कार्कीसँग गुनासो गरेको बालुवाटार स्रोतले जानकारी दियो। भेटमा जेनजी आन्दोलनका कारण फागुन २१ गते हुन लागेको चुनावको सम्भावित परिणाम लोकतान्त्रिक शक्तिलाई विस्थापित गर्ने डिजाइन भएको दाबी गरेका छन्।
स्रोतले भन्यो, ‘ओलीजीले सरकारले डिजाइनमा काम गरिरहेको छ भन्नुभयो।’ झापा ५ मा ओलीसँग प्रतिस्पर्धा गर्न रास्वपाका बालेन शाहले उम्मेदवारी दिएका छन्।
यसप्रति ओलीले सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका छन्। निष्पक्ष चुनावी सरकार भने पनि रास्वपालाई सहयोग गरिरहेको आरोप ओलीले भेटका क्रममा लगाएका थिए। रास्वपाका नेताहरु सरकारमाथि हाबी भएको उनको दाबी थियो।
ओलीले कार्कीसँग भने, ‘राष्ट्रिय सम्पत्ति ध्वस्त पार्नेलाई सरकारले संरक्षण गरेको छ। सरकार लोकतान्त्रिक शक्तिहरुलाई नै विस्थापित गर्ने ढंगले अघि बढेको अनुभूति हुन थालेको छ।’
शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्र झापामा केन्द्रित हुने योजनामा रहेका ओलीले त्यसअघि प्रधानमन्त्रीसँग करिब दुई घण्टा कुराकानी गरेका हुन्।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
यो पनि पढौँ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण