स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जीटीले खेलकुद क्षेत्रको विकासका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए । उनले खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्ने आधार तयार गर्ने धारणा समेत राखेका छन् ।
कार्यक्रममा जिल्ला शिक्षा विकास अधिकारी विश्वराज आचार्य, पुतलीबजार नगरपालिकाका शिक्षा प्रमुख बाबुराम बराल लगायतले पनि खेलकुदको महत्वबारे आआफ्ना भनाइ व्यक्त गरेका थिए ।
प्रतियोगिताअन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ । एथलेटिक्सअन्तर्गत ट्र्याक तथा फिल्ड, मार्सल आर्टतर्फ कराते, तेक्वान्दो र उसु समावेश छन् भने भलिबल र कबड्डीमा छात्र तथा छात्रा दुवै तर्फका खेलहरू सञ्चालन भइरहेका छन् ।
प्रतियोगितामा जिल्लाभरिका १० पालिकाका करिब नौ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा व्यक्तिगत तथा समूहगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू बागलुङमा हुने प्रदेशस्तरीय प्रतिस्पर्धाका लागि छनोट हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रेग्मीले बताए ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते