फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा कारागारका १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला कारागारमा चार महिलासहित १६४ जना कैदीबन्दी रहे पनि मतदाता परिचयपत्र बनाएको र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका १७ जनाले मात्रै मत हाल्न पाउने भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार मतदान गर्न पाउने सबै पुरुष कैदीबन्दी हुन् र उनीहरूले समानुपातिक तर्फको मतदान गर्नेछन् । निर्वाचन आयोगको अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लाबाट संकलित विवरणका आधारमा कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।
स्याङ्जा कारागारसहित जिल्लामा १ हजार ८५९ जना अस्थायी मतदाता रहेका छन् । निर्वाचनमा खटिन नपर्ने कर्मचारीहरूले पनि कारागारस्थित अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी थापाले बताए ।
स्याङ्जा जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा १ लाख १७ हजार ९३० मतदाता गरी कुल २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । जिल्लाभर १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र तोकिएका छन् ।
सुरक्षाको दृष्टिले १९९ मतदानस्थलमध्ये ५६ अतिसंवेदनशील, ७१ संवेदनशील र ७२ साधारण सूचना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ती स्थलहरूमा विशेष सुरक्षा सतर्कता अपनाइने बताइएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्