प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म लागू हुने मौन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले सबै सरोकारवालालाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले सूचना जारी गर्दै मौन अवधिमा कुनै पनि प्रकारको निर्वाचन प्रचार–प्रसार, सभा, सम्मेलन, अन्तरक्रिया, कार्यशाला तथा गोष्ठी गर्न नपाइने स्पष्ट पारेका छन् ।
सूचनाअनुसार फागुन १८ गते अर्थात् आज राति १२ बजेदेखि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री अनिवार्य रूपमा हटाउनुपर्नेछ । यस अवधिमा कुनै पनि विधि वा माध्यमबाट मत माग्न र प्रचार–प्रसार गर्न पूर्ण प्रतिबन्ध रहनेछ ।
त्यस्तै, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिनसमेत रोक लगाइएको छ ।
प्रशासनले कुनै पनि राजनीतिक दल, उम्मेदवार वा उनका प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने जनाएको छ । साथै निर्वाचन आचारसंहिता, २०८२ ले निषेध गरेका सबै गतिविधि मौन अवधिमा पूर्ण रूपमा बन्द रहने स्पष्ट गरिएको छ ।
प्रशासनले आचारसंहिताको उल्लंघन गर्ने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते