प्रतिनिधिसभा निर्वाचनपछि स्याङ्जामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले चार जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी जिल्ला कार्यालयमा बसेको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसक्नुमा केही नेता तथा कार्यकर्ताको भूमिकासमेत जिम्मेवार देखिएको निष्कर्ष निकाल्दै कारवाही गर्ने निर्णय गरेको जनाएको छ ।
बैठकले पार्टीको विधान उल्लंघन गरेको ठहर गर्दै उनीहरुलाई पार्टीका सबै जिम्मेवारी, जनसंगठनका पद तथा साधारण सदस्यतासमेतबाट हटाउने निर्णय गरेको पार्टी जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे ‘पारस’ले बताए ।
निष्कासनमा पर्नेमा फेदीखोलाका शिव प्रसाद पराजुली, वालिङका मञ्जु केसी, चापाकोटका राजु कोइराला र वालिङकै पुण्य प्रसाद अर्याल रहेका छन् ।
पार्टी जिल्ला अध्यक्ष गैह्रेले जारी गरेको विज्ञप्तिमा उनीहरुले पार्टी विधानको धारा ८० अन्तर्गतका विभिन्न उपधाराहरु उल्लंघन गरेको भन्दै उक्त निर्णय गरिएको उल्लेख गरिएको छ ।
निर्वाचन परिणामपछि संगठन सुदृढ बनाउन पार्टीले आवश्यक कदम चाल्ने समेत अध्यक्ष गैह्रेले बताएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला