काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव गराएर सरकार छाड्ने केही दिन मात्रै बाँकी रहँदा आफ्ना विश्वासपात्रहरुलाई पद बाँडेकी छिन्।
आइतबार सबेको मन्त्रिरिषद बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सरकारको तर्फबाट सिफारिस गर्न सिफारिस गरेको छ। आफू निकट भएर चुनाव गराउन भूमिका खेलेको भन्दै खुशी हुँदै कार्कीले अर्याललाई सरकार नियुक्त गर्न पाउने तीनमध्ये एक सिट नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन्।
त्यस्तै कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गरेकी छिन्। प्रधानमन्त्री एवम् कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन् ।
अदालतमा रहँदा नै विवादित पृष्ठभूमिका श्रेष्ठलाई कार्कीले आलोचनाको बीच स्वकीय सचिवको जिम्मेवारी दिएकी थिइन्। अहिले सरकार छाड्ने बेला पनि उनलाई महत्वपूर्ण पदमा पुनःस्थापना गरेकी हुन्। श्रेष्ठले आफूसँग श्रीमतीलाई पनि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गराएका थिए।
निर्वाचन आयोगले राष्ट्रपति समक्ष चुनावको प्रतिवेदन बुझाए लगत्तै राजीनामा दिने तयारी प्रधानमन्त्री कार्कीले गरेकी छिन्।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीले गरिन् गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
ओलीलाई समवेदना दिँदै बालेन्द्रले लेखेः पिताजस्तो रक्षक, गुरु र देवता संसारमा अरू कोही हुँदैन
ग्यासको आयात निरन्तर छ, अनावश्यक नथुपारौं: निगम
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
यो पनि पढौँ
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु