अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा कसुरजन्य कार्यमा सहजीकरण गरिदिने भन्दै घुस लिएको र उक्त रकमको स्रोत परिवर्तन गरी सम्पत्ति शुद्धीकरण गरिएको पाइएको छ।
प्राप्त घुस रकमलाई विभिन्न माध्यममार्फत रूपान्तरण गरी जग्गा खरिद गर्न तथा रिसोर्टको ऋण भुक्तानीमा समेत प्रयोग गरिएको आयोगले जनाएको छ।
यस प्रकरणमा तत्कालीन महानिर्देशक अधिकारीसहित तीन जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ। उनीहरूले राजस्व चुहावटसम्बन्धी अनुसन्धान प्रभावित पार्ने उद्देश्यले गैरकानुनी लाभ लिएको अख्तियार दाबी छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर कायम गरी बिगो ७० लाख रुपैयाँ मागदाबी गरेको छ। सोही ऐनअनुसार कैद तथा जरिवानाको सजाय हुनुपर्ने माग आयोगले गरेको छ। साथै, अधिकारीलाई दफा २४ बमोजिम थप सजायको माग गरिएको छ।
यस्तै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत पनि मुद्दा चलाइएको आयोगले जनाएको छ। उक्त ऐनको दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम कसुर ठहर गरी सोही ऐनको दफा ३० को उपदफा (१) अनुसार सजायको माग गरिएको छ।
आयोगका अनुसार प्रतिवादी अधिकारी राष्ट्रसेवक कर्मचारी भएकाले सोही ऐनको दफा ३० को उपदफा (७) बमोजिम थप सजायसमेत माग गरिएको छ।
सम्बन्धित खबर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
अब बन्ने सरकारले शपथ लिनुअघि जेन–जी पुस्तासँग संकल्प गर्नुपर्छः जेनजी अभियन्ता रक्षा बम
केपी ओलीले चुनाव हार्नुहोला भन्ने सोचेकी थिइनँ: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले गरिन् गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
ओलीलाई समवेदना दिँदै बालेन्द्रले लेखेः पिताजस्तो रक्षक, गुरु र देवता संसारमा अरू कोही हुँदैन
यो पनि पढौँ
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु