राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा

कारबाही

राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा

traffic_check

राइड सेयरिङ सेवामा संलग्न १ सय ७५ जना चालक कारबाहीमा परेका छन् ।

पछिल्लो समय काठमाण्डौ उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष जाँच अभियानअन्तर्गत चेक जाँचलाई कडाई गरिएको छ ।

राइड सेयरिङको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा अनधिकृत सञ्चालन, मापदण्ड उल्लङ्घन र ट्राफिक नियम बेवास्ता गर्ने प्रवृत्ति पनि बढेकाले यो अभियान सञ्चालन गरिएको प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

जथाभावी यात्रु चढाउने–झार्ने, कागजात नहुने र गाडीको प्राविधिक अवस्था कमजोर हुने समस्या पनि भेटिएको उनले जानकारी दिए । ट्राफिक प्रहरीका अनुसार राइड सेयरिङ सञ्चालनका लागि सम्बन्धित निकायको अनुमति, आवश्यक कागजात र ट्राफिक नियमको पालना अनिवार्य छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ