नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्नुपर्ने माग गरेका छन्।
आज सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँग कोशीका सांसदहरूको छलफलका क्रममा बोल्दै राईले ओलीलाई रिहा गर्नुपर्ने बताएका हुन्।
‘पूर्वप्रधानमन्त्री तथा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ, उहाँलाई तत्काल रिहा गर्नुपर्यो,’ धनकुटाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका राईको भनाइ थियो।
जेनजी आन्दोलनका क्रममा ओली प्रधानमन्त्री थिए। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई कारबाही सिफारिस गरेको थियो।
साथै राईले स्वकीय सचिव राख्न पाउनुपर्ने बताएका थिए। ‘सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था गर्नुपर्यो,’ उनले भने।
सुशीला कार्की नेतृत्वको सरकारले सांसदहरूको स्वकीय सचिव राख्ने व्यवस्था हटाएको थियो।
सांसद राईले राखेका यी दुई विषयमा प्रधानमन्त्री शाहले जबाफ दिएनन्। सुनिरहे ।
छलफलमा के-के उठ्यो?
ओलीको रिहाइ: सांसद राईले अध्यक्ष केपी शर्मा ओलीलाई ‘प्रतिशोध साँधेर पक्राउ गरिएको’ भन्दै तत्काल रिहा गर्न माग गरे।
स्वकीय सचिवको मुद्दा: सांसदहरूले स्वकीय सचिव राख्न नपाउने सरकारको निर्णयप्रति राईले कडा असन्तुष्टि पोखे। “राम्रो काम गर्नै पनि भन्ने, अनि एउटा स्वकीय सचिव पनि राख्न नपाउने हुन्छ?” भन्दै उनले प्रश्न गरे।
समानुपातिक सांसदको अपमान: समानुपातिक प्रणालीबाट आएका सांसदहरूलाई प्रधानमन्त्री कार्यालयको गेटबाटै फर्काइएको भन्दै सांसद पार्वती विश्वकर्माले गम्भीर आपत्ति जनाएकी छिन्। उनले यसलाई “जनप्रतिनिधिमाथिको अपमान” भनेकी छिन्।
किन बोल्न चाहेनन् प्रधानमन्त्री?
सांसदहरूको गुनासो र मागप्रति प्रधानमन्त्री बालेनले कुनै जवाफ नदिनुलाई धेरैले राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरेका छन्। कतिपयले यसलाई उनको ‘एक्सन ओरिएन्टेड’ कार्यशैली भन्छन् भने कतिपयले यसलाई ‘सांसदहरूप्रतिको बेवास्ता’ को रूपमा लिएका छन्।
सम्बन्धित खबर
महेश बस्नेतलाई अदालतले दिएन पक्राउ अनुमति
संघीय संसद्को अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, सभामुख र उपसभामुख चुनिँदै
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
ओली-लेखकलाई जरूरी पक्राउ पुर्जी जारी गर्नुपर्ने पूर्व अवस्था के थियो ? – सर्वोच्च
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
तीन पूर्वप्रधानमन्त्रीमाथि पनि प्रहरीले थाल्यो सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
यो पनि पढौँ
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने