सार्वजनिक सवारीमा यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा एक जीप चालकलाई स्याङ्जा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ ज ७०६६ नम्बरको सार्वजनिक जीपका चालकले सवारीमा सवार १६ वर्षीया बालिकामाथि अनुचित स्पर्श (Bad Touch) तथा अस्वाभाविक व्यवहार गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो ।
उक्त घटनापछि जीपका चालक ४९ वर्षीय अन बहादुर गुरुङलाई वालिङ नगरपालिका–१ रामबाच्छा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । पक्राउ पर्ने गुरुङ स्याङ्जाको बिरुवा गाउँपालिका–७ निवासी रहेका छन् ।
प्रहरीका अनुसार बालिकामाथी अनुचित स्पर्श तथा अस्वभाविक व्यवहार गरेको आरोपमा गुरुङविरुद्ध अनुसन्धान अघि बढाइएको छ । घटनापछि पीडित पक्षको उजुरीका आधारमा प्रहरी सक्रिय भएको थियो ।
प्रहरीले मंगलबार अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर बाल यौन दुरुपयोगसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चौधरीले सार्वजनिक सवारीमा यात्रुको सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।
उनले भने, “यात्रु, विशेषगरी बालबालिका र महिलामाथि हुने यस्ता गतिविधि सह्य हुँदैनन् । दोषी देखिएमा कडा कानुनी कारबाही गरिनेछ । साथै, यस्ता घटना देखे वा भोगेमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गर्दछौं ।”
प्रहरीले सार्वजनिक सवारी प्रयोग गर्दा सतर्क रहन र कुनै पनि असामान्य गतिविधि देखिए तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते