रवि विरुद्ध मुद्धा हालिरहने भनेर चर्चित युवराज सफलविरुद्ध साइबर अपराध मुद्दा दायर

मुद्दा

रवि विरुद्ध मुद्धा हालिरहने भनेर चर्चित युवराज सफलविरुद्ध साइबर अपराध मुद्दा दायर

Yubaraj-Poudel-safal

युवराज सफल भनेर रवि लामिछाने विरूद्ध मुद्धा दायर गरिरहने व्यक्तिका रूपमा चिनिन्छ । उनी अधिवक्ता हुन् ।

निवर्तमान महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा  युवराज सफल विरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ। बुधबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

पौडेललाई गत १३ माघमा प्रहरीले पक्राउ गरी बयान लिएर दुई दिनपछि हाजिरी जमानीमा छाडेको थियो। हाल अनुसन्धान पूरा गरी उनीविरुद्ध मुद्दा दायर भएको हो । झुटा आरोप लगाएको र महान्यायाधिवक्तामाथि अन्तर्वार्ताको क्रममा अपशब्द प्रयोग गरेको भनेर महान्यायाधिवक्ता कार्यालयले नै उनीविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो। रवि लामिछानेको अभियोग संशोधनसम्बन्धि निर्णयलाई लिएर उनले आर्थिक लेनदेनको आरोप लगाएका थिए।

बयानमा पौडेलले आवेसजन्य परिस्थितीमा महान्यायाधिवक्ताविरुद्धको अधिव्यक्ति दिएको बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ