फेसबुकमा नक्कली आइडी बनाएर अश्लिल सामाग्री फैलाएको आरोपमा एक पक्राउ

फेसबुकमा नक्कली आइडी बनाएर अश्लिल सामाग्री फैलाएको आरोपमा एक पक्राउ

Arrested-Sketch.

सामाजिक सञ्जालमार्फत अश्लिल सामग्री बनाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

नक्कली फेसबुक खाता प्रयोग गरी अश्लिल भिडियो तयार पार्ने, ती सामग्री इन्टरनेटमार्फत पीडित महिलाका आफन्तहरूलाई पठाउने तथा गालीगलौज र धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा ३२ वर्षीय सुजन खाँण ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

पुतलीबजार नगरपालिका–८ निवासी ठकुरीलाई चैत १९ गते पुतलीबजार–१ स्थित शहिदचोकबाट नियन्त्रणमा लिइएको डिएसपी चौधरीले बताए ।

घटनासम्बन्धी विद्युतीय अपराध अन्तर्गत मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको मानहानि वा मानसिक यातना दिने कार्य नगर्न सर्वसाधारणलाई सचेत रहन समेत आग्रह गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ