आर्थिक अभावका कारण लामो समयसम्म उपचार गर्न नपाएका बिरामीहरूले गाउँमै विशेषज्ञ सेवा पाएपछि राहत महसुस गरेका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ का ५८ वर्षीय होमनाथ चपाईले चार वर्षदेखि मुटुको समस्याबाट पीडित भए पनि उपचार गर्न नसकिरहेको अवस्थामा पहिलो पटक आफ्नै गाउँ नजिकै सेवा पाएका हुन् ।
वडा नम्बर–४ को खेवाङमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा मुटुरोग विशेषज्ञ डा. नारायण गौतमबाट परीक्षण गराएपछि चपाईले खुशी व्यक्त गरे । उनले आर्थिक अभावका कारण उपचार नै नपाएर ज्यान जोखिममा पर्ने डर भएको अवस्थामा गाउँमै सेवा पाउँदा ठूलो राहत मिलेको बताए ।
उस्तै, बनपाखेका ५७ वर्षीय डेलप्रसाद गुरुङले पनि गाउँमै मुटुको जाँच गराउन पाउँदा सहज भएको प्रतिक्रिया दिए । नौ वर्षअघि काठमाडौँमा मुटुको भल्ब फेरेर पोखराबाट नियमित औषधि सेवन गर्दै आएका गुरुङले अहिले समस्या देखिँदा विशेषज्ञ सेवा लिन टाढा जानु नपरेको बताए ।
उनका अनुसार पोखरा वा काठमाडौँ पुग्दा समय र खर्च दुवै बढ्ने भएकाले यस्तो शिविरले ठूलो सहयोग पुगेको छ ।
सत्य साई सेवा संगठनको आयोजना तथा वडाको सहकार्यमा सम्पन्न एक दिने शिविरमा ११२ पुरुष र ३०० महिला गरी ४१२ जनाले स्वास्थ्य सेवा लिएको वडा सदस्य नेत्र बहादुर गुरुङले जानकारी दिए ।
शिविरमा मुटुरोग, स्त्रीरोग, दन्त, आँखा, हाडजोर्नी तथा नसासम्बन्धी समस्या लगायतका सेवा प्रदान गरिएको थियो । साथै इसीजी र भिडियो एक्स–रे परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको आयोजक संगठनले जनाएको छ ।
डा. गौतमको नेतृत्वमा १० जना विशेषज्ञसहित ४१ स्वास्थ्यकर्मीले सेवा दिएको शिविरमा स्याङ्जा र पर्वत जिल्लाका सेवाग्राहीले लाभ लिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
माइक्रोबसको ठक्करबाट महिला घाइते
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने