ट्होटे पर्व: स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

ट्होटे पर्व: स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

fedikhola gapa-pic

तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ‘ट्होटे’ को अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिकाले आज एक दिनका लागि सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र रहेका सबै सरकारी कार्यालय र विद्यालय बन्द रहने गरी बिदा दिने निर्णय गरेको जनाएको छ ।

ट्होटे पर्व तमु (गुरूङ) समुदायले हर्षोल्लासका साथ मनाउने विशेष सांस्कृतिक पर्व हो । तमु समुदायको परम्परा र सांस्कृतिक पहिचानको सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

अध्यक्ष सुवेदीका अनुसार ट्होटे पर्वले समुदायबीचको आपसी सम्बन्ध सुदृढ बनाउने मात्र नभई सांस्कृतिक विविधताको संरक्षणमा पनि टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

स्याङ्जा जिल्लाभरका ११ स्थानीय तहमध्ये फेदीखोला गाउँपालिकाले मात्र बिदा दिने निर्णय गरेको हो । अन्य पालिकाहरूमा भने यस दिन नियमित रूपमा कार्यालय सञ्चालन रहनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ