देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु

राजनीति

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु

देउवाले भने - 'मेरो परिवारका सम्पत्तिसम्बन्धी भ्रामक र झुटा प्रचारबाजी भयो'

deuba aarju

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ।

जिल्ला अदालत काठमाडौंका दुई अधिकारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पुर्जी जारी गरिएको कान्तिपुरलाई बताए । ‘मंगलबार न्यायाधीश महेन्द्रबहादुर कार्की* को इजलासले पक्राउ अनुमति दिएको हो’, स्रोतले भन्यो ।

योसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ । देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन भइरहेको थियाे ।

गृह स्राेतका अनुसार रेड नोटिस जारी गर्नकै लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे हाे । विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिन्छ । त्यसको पहिलो औपचारिक कदम पक्राउ पुर्जीबाट जारी सुरु हुन्छ ।

सरकारले पूर्वप्रधानमन्त्रीहरू देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री देउवा सपरिवार विदेशमा छन् ।

फागुन १३ मा देउवा सिंगापुर गएका थिए। त्यसअघि नै पत्नी आरजु भारत हुँदै सि‌ंगापुर पुगेकी थिइन् । बीचमा दुवैजना उपचारका लागि हङकङ गएर सि‌ंगापुर नै फर्किएका थिए । जेन-जी आन्दोलनपछि १० कार्तिकमा उनीहरु उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।

देउवाले भने – ‘मेरो परिवारका सम्पत्तिसम्बन्धी भ्रामक र झुटा प्रचारबाजी भयो’

देउवाले आफ्नो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको दाबी गरेका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकबाट उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । ‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाह पाएँ,’ उनले लेखेका छन्, ‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ