भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।
केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् ।
उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका छन् । भारतीय संचारमाध्यमले पनि उनको निधनको खबर लेखेका छन् ।
उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ ।
भारतीय सिनेमाकी सफल, लोकप्रिय र अत्यन्तै सक्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग मात्र तुलना गरिन्थ्यो ।
१२ हजारभन्दा बढी गीतमा आवाज
साढे सात दशक लामो साङ्गीतिक यात्रामा उनले नेपाली, हिन्दीसहित १४ भन्दा बढी भाषामा १२ हजारभन्दा बढी गीत गाएकी छिन्।
माया त माया हो, वसन्त नै बस्न खोज्छ, मोहनी लाग्ला है, पहाडको माथि माथि, को होला मेरो मायालु, मेरो मनको, आज हाम्रो भेट भाको दिन, फेरी आयो, किन बढ्दैछ ढुकढुकी, साउने झरीमा, गैरी खेतको शिरै हान्यो…आदि विभिन्न नेपाली चलचित्रका गीतहरुमा पनि गायिका आशा भोसलेकै स्वर सुन्न सकिन्छ ।
लता मंगेशकरकी बहिनी आशाले सांगीतिक करियरमा १२ हजारभन्दा बढी गीतमा आवाज दिएकी छिन् । उनका ‘दम मारो दम’, ‘पिया तु अब तो आजा’, ‘चुरा लिया है तुमने’लगायत गीत सदाबहार छन् ।
परिवार र संगीत
आशा ९ वर्षकी हुँदा उनका पिताको निधन भयो । त्यसपछि परिवारको खर्चपानी जुटाउन दिदी लता मंगेशकरसँग मिलेर गीत गाउन सुरु गरेकी थिइन् ।
साङ्गीतिक क्षेत्रमा ठुलो उचाइ हासिल गरे पनि उनको व्यक्तिगत जीवन निकै सङ्घर्षपूर्ण रहेको छ। १६ वर्षको उमेरमा परिवारको इच्छाविपरीत विवाह गरेकी उनले घरेलु हिंसाको सामनासमेत गर्नुपरेको थियो।
१६ वर्षमा दिदीका ३१ वर्षीय सचिव (सेक्रेटरी) गणपतराव भोसलेसँग भागी बिहे गरेकी दिइन् । तर, उनको यो कदमप्रति लता र उनको परिवार बेखुस थियो । यही कारण आशा र लताबीच लामो समयसम्म बोलचाल नै बन्द भयो ।
बिहेपछि आशाले थप संघर्ष गर्नुपर्यो । साथै, घरेलु हिंसाको सिकारसमेत बनिन् । कतिसम्म भने, उनी जिन्दगीदेखि निराश भएर आत्महत्या गर्ने सोचसम्म पुगेकी थिइन् ।
सन् १९६० मा उनको सम्बन्धविच्छेद भयो ।
कुनै समय ‘स्वर राम्रो नभएको’ भन्दै रेकर्डिङ स्टुडियोबाट निकालिएकी भोसलेले पछि आफ्नो गायकीमार्फत विश्वभर परिचय स्थापित गरिन्।
आशा भोसले सुप्रसिद्ध भारतीय गायिका लता मंगेस्करकी बहिनी हुन् । लताको २३ माघ २०७८ मा निधन भएको थियो।
आरडी बर्मनसँग दोस्रो बिहे
आशाले आरडी बर्मनसँग दोस्रो बिहे गरिन् । उनीहरूबीचको चिनजान भने १९५६ देखि भएको थियो । त्यसपछि चलचित्र ‘तिसरी मंजिल’ (१९६६) मा काम गर्दा दोस्ती भयो । त्यो दोस्ती बिस्तारै प्रेममा परिणत भयो । फलतः उनीहरूले बिहे गरे ।
त्यसो त आशासँग बिहे गर्ने प्रस्ताव बर्मनले राखेका थिए । आशाले तत्काल प्रस्ताव स्वीकार गरिन् । तर, यता बर्मनकी आमाले आशासँग बिहे गर्ने प्रस्ताव अस्वीकार गरेकी थिइन् । उनले भनेकी थिइन्, “यदि यो बिहे हुन्छ भने मेरो लासमाथि हुन्छ ।”
बर्मनकी आमाले आशासँग छोराको बिहे अस्वीकार गर्नुको कारण एक त आशा बर्मनभन्दा ६ वर्ष जेठी थिइन् । त्यसमाथि आशाका तीन बालबच्चा थिए ।
सुरुमा बर्मनले आमाको कुरा माने । तर, पिताको निधन भएपछि आमाको मानसिक स्थित बिग्रिँदै गयो । यस्तो अवस्थामा आमाको अवस्थामा सुधार आओस् भन्नका लागि पनि आशासँग सन् १९८० मा बिहे गरे ।
पहिलो गीत
आशाले हिन्दी भाषामा पहिलोपटक चलचित्र ‘चुनरिया’ (१९४८) मा ‘सावन आया रे’ गीत गाएकी थिइन् । त्यसपछि पछाडि फर्किनुपरेन । उनले फिल्मी गीत, पप, गजल, भजन, शास्त्रीय संगतीसहित विभिन्न १४ भाषाका गीतमा आवाज दिइसकेकी छिन् ।
पुरस्कार
आशा भोसले ग्रामी अवार्डका लागि नामांकित हुनेवाली पहिलो भारतीय गायिका पनि हुन् । उनलाई सन् १९९७ मा यो पुरस्कारका लागि नामांकित गरिएको थियो ।
यस्तै, सन् २००० मा दादा साहेब फाल्के, सन् २००८ मा पद्मविभूषण पुरस्कारबाट सम्मानित भइसकेकी छिन् । सन् २०११ मा उनको नाम गिनिज बुकमा लेखिइसकेको छ । एजेन्सीको सहयोगमा
सम्बन्धित खबर
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
इरानसँग वार्तामा जुट्यो अमेरिका, ट्रम्पले भने- ‘ठूला आक्रमण गर्दैनौँ, युद्ध अन्त्यको प्रयास हुँदैछ’
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते