कांग्रेस क्रियाशील सदस्य बन्न आफै वडामा जानुपर्ने, शपथ खानुपर्ने

कांग्रेस क्रियाशील सदस्य बन्न आफै वडामा जानुपर्ने, शपथ खानुपर्ने

वैशाखभर फेरि नवीकरण नगरे सदस्यता खारेज

gagan-bishwa

नेपाली कांग्रेसले वैशाखभर क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने भएको छ।

नेताहरूका अनुसार क्रियाशील सदस्य लिन चाहने व्यक्ति अनिवार्य रूपमा सम्बन्धित वडा कार्यसमितिमा पुग्नैपर्ने व्यवस्था गरिएको छ।

पहिलेजस्तो अरूले फारम भरिदिएर र शुल्क तिरिदिएर अब क्रियाशील सदस्यता नपाइने भएको हो।

महामन्त्री प्रदीप पौडेलका अनुसार सम्बन्धित व्यक्ति आफै वडा कार्यसमितिमा पुगेर क्रियाशील फारम भर्नुपर्छ।  फोटो खिचाउनुपर्छ, मोबाइल नम्बर अनिवार्य दिनुपर्छ किनकि त्यसमा ओटिपी आउँछ, त्यही पासवर्डका आधारमा क्रियाशील सदस्यता भेरिफाइ गरिन्छ ।

वैशाखभर फेरि नवीकरण नगरे सदस्यता खारेज हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ