पोखरामा अहिलेसम्मकै सर्वाधिक धनराशिको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । बौद्ध शान्ति क्लव, पोखरा–१०, रामघाटको आयोजनामा विष्णु कुमारी गुरूङ मेमोरियल खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आगामी चैत्र २६ देखि चैत्र ३० सम्म अम्मरसिंह खेल मैदानमा हुन लागेको हो ।
‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिताको उपाधी विजेता टिमले हाल सम्मकै सर्वाधिक ठूलो धनराशिको पुरस्कार नगद २ लाख ३० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १५ हजार रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १०,०००/-, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई जनही नगद ८ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ।
क्लवका संस्थापक अध्यक्ष रोशन गुरुङका हजुरआमा स्व.विष्णुकुमारी गुरुङको स्मृतीमा उहाँकै नामबाट यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा झण्डै ३० क्लवको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताबाट बचत हुने रकम सामाजिक कार्यमा खर्च गरिने क्लवका सचिब अनमोल गुरूङले बताए । क्लबका संरक्षक झव्याङ वाङदी लोवा विस्टले प्रतियोगिता सफल पार्न सबै साथ र सहयोगको अपेक्षा रहेको बताए |
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला