जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु

जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु

sudip kisan

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–३, भकिम्ली राखुस्थित मुख्ले भिरबाट लडेर बेनी ६ का १९ वर्षीय सुदीप किसानको मृत्यु भएको छ ।

गएराति करिव साढे १२ बजे छहारी कोलधारा सामुदायिक वन क्षेत्रमा जंगली कुखुरा (चरा) मार्न गएका तीन जनामध्ये किसानको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीसँगै सोही स्थानका २७ वर्षीय हरि प्रसाद रोक्का र २८ वर्षीय लक्ष्मण रोक्का पनि रहेका थिए। घटनास्थलबाट एउटा गुलेली र ढुंगाको गोटी फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई अनुसन्धान कार्य गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ