स्याङ्जाको वालिङस्थित पायोनिअर एजुकेसन एकेडेमीले प्राविधिक शिक्षातर्फ उल्लेखनीय उपलब्धि हासिल गर्दै गण्डकी प्रदेशमै आफूलाई अब्बल सावित गरेको छ । हेल्थ असिस्टेन्ट (एचए) कार्यक्रम अन्तर्गत विद्यालयले उत्कृष्ट नतिजा ल्याएपछि यसको चर्चा बढेको हो ।
गत भदौमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले लिएको परीक्षामा सहभागी ३२ विद्यार्थीमध्ये ३१ जना सफल भएका छन् । विद्यालयका प्रधानाध्यापक मेघराज गैह्रेका अनुसार यो नतिजा झण्डै ९७ प्रतिशत उत्तीर्ण दर हो, जुन प्रदेशकै उत्कृष्टमध्येमा पर्छ ।
उनले यस्तो उपलब्धिले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र प्राविधिक शिक्षामा गरिएको निरन्तर मेहनतलाई पुष्टि गरेको बताए । “यो नतिजा केवल संयोग होइन, हाम्रो टिमको दीर्घकालीन प्रयासको परिणाम हो,” गैह्रेको भनाइ छ ।
पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण तीव्र रूपमा बढिरहेको विद्यालयका प्राविधिक शिक्षा कार्यक्रम प्रमुख हिमनिधि पंगेनीले बताए । सोही मागलाई मध्यनजर गर्दै विद्यालयले गत वर्षदेखि हेल्थ असिस्टेन्ट कार्यक्रम सुरु गरेको थियो ।
वि.सं. २०४४ मा स्थापना भएको यो संस्थाले २०५४ सालदेखि प्राविधिक तथा व्यावसायिक शिक्षा औपचारिक रूपमा सञ्चालन गर्दै आएको छ । अहिलेको नतिजाले विद्यालयलाई गण्डकी प्रदेशमा पहिलो र देशभर दोस्रो स्थानमा उभ्याएको दाबी गरिएको छ ।
करिब तीन दशकअघि स्याङ्जामै पहिलो पटक प्राविधिक शिक्षा सुरु गरेको यस विद्यालयमा अहिले स्याङ्जासँगै पाल्पा, गुल्मी र पर्वतका विद्यार्थी अध्ययन गरिरहेका छन् । स्थानीय अभिभावक र विद्यार्थीको आवश्यकतालाई ध्यानमा राख्दै कार्यक्रम विस्तार गर्दै आएको विद्यालयले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला