स्याङ्जाको बिरुवा गाउँपालिकामा आयोजित नवौँ अध्यक्ष कप अन्तर्गत पुरुष भलिबलतर्फ वडा नं–६ विजेता बनेको छ । स्थानीय खेलकुद विकास समितिको आयोजना तथा बिरुवा गाउँपालिकाको सहआयोजनामा भएको प्रतियोगितामा फाइनल खेलमा वडा नं–४ लाई सिधा सेटमा हराउँदै वडा नं–६ ले उपाधि हात पारेको हो ।
उपाधिसँगै वडा नं–६ ले ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं–४ ले ५५ हजार रुपैयाँमा, तेस्रो स्थानमा रहेको वडा नं–७ ले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिला भलिबलतर्फ भने वडा नं–७ पहिलो बनेको छ । वडा नं–४ दोस्रो हुँदा वडा नं–२ तेस्रो स्थानमा रह्यो । उनीहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको भेट्रान्सतर्फ वडा नं–८ विजेता र वडा नं–२ उपविजेता बनेका छन् । उनीहरूले क्रमशः १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै, पुरुष व्याडमिन्टनमा वडा नं–२ पहिलो, वडा नं–७ दोस्रो र तेस्रो स्थान वडा नं–४ र वडा नं–७ को अर्को टोलीले हात पार्यो । उनीहरूले क्रमशः १२ हजार, ८ हजार र ४ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिला व्याडमिन्टनमा वडा नं–१ ले पहिलो र वडा नं–८ दोस्रो हुँदा वडा नं–७ र वडा नं–८ को अर्को टोली तेस्रो बने । उनीहरूले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरुष सटफुटतर्फ वडा नं–६ का दुजिक थापा उत्कृष्ट बन्दै प्रथम, वडा नं–४ का सहवीर थापा द्वितीय र वडा नं–६ कै ईश्वर थापा तृतीय बनेका छन् । उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
वैशाख ११ गतेदेखि सुरु भएको प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई गण्डकी प्रदेश सभा सदस्य सुधीरकुमार पौडेलले पुरस्कार वितरण गरेका थिए ।
गाउँपालिकाले खेलकुदमार्फत आपसी एकता, स्वास्थ्य र प्रतिभा विकासमा टेवा पुर्याउने उद्देश्यले अध्यक्ष कपलाई निरन्तरता दिएको जनाएको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला