समाजसेवी डा. मनोरदिन सैयदले स्याङ्जाको भीरकोट नगरपालिका–२ स्थित ध्रुव देउराली आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर सेट उपलब्ध गराएका छन् । उनले विद्यालयमा डिजिटल माध्यमबाट पठनपाठन सहज बनाउने उद्देश्यसहित सहयोग गरेका हुन् ।
डा. सैयदले विद्यालयका प्रधानाध्यापक पदमपाणी अर्याल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहमद हनिफ मियालाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरणपछि डा. सैयदले सानो प्रयासले पनि विद्यालयको शैक्षिक वातावरण सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि साथ रहने बताए ।
विद्यालयका प्रधानाध्यापक अर्यालले प्राप्त कम्प्युटरमार्फत विद्यालयमा कम्प्युटर शिक्षा सुरु गर्ने तयारी गरिएको जानकारी दिए । उनले विद्यालयको आवश्यकतामा सहयोग पुर्याएको भन्दै डा. सैयदप्रति आभार व्यक्त गरेका छन् ।
भीरकोट–२ स्थित बलामडाँडामा रहेको उक्त विद्यालयमा हाल ३५ जना विद्यार्थी अध्ययनरत छन् ।
यसअघि पनि भीरकोट क्षेत्रका विद्यार्थीलाई पोशाक तथा विभिन्न शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका सैयदले शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन् ।
भीरकोट नगरपालिका–१ का स्थायी बासिन्दा डा. सैयद हाल काठमाडौँस्थित मनमोहन मेमोरियल अस्पतालमा कार्यरत छन् ।
सम्बन्धित खबर
अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य