देशकै ठूलो जलविद्युत आयोजनामध्ये एक कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्र केही दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । विद्युत गृहभित्र रहेको इन्लेट भल्ब र टर्बाइनमा समस्या देखिएपछि केन्द्रले उत्पादन रोक्न लागेको हो ।
केन्द्रले जारी गरेको सूचनाअनुसार आज रातिदेखि वैशाख २९ गते बिहानसम्म विद्युत उत्पादन बन्द रहनेछ । यस अवधिमा पावर हाउसमा बृहत् मर्मतसम्भार गरिने जनाइएको छ ।
केन्द्र प्रमुख आत्मेश पौड्यालका अनुसार युनिट–२ को टर्बाइन तथा इन्लेट भल्बमा समस्या देखिएपछि तीनवटै मेसिन बन्द गरेर मर्मत गर्नुपर्ने अवस्था आएको हो । उनका अनुसार एउटा टर्बाइनको भल्बबाट पानी चुहावट भएपछि जोखिम बढ्न सक्ने भएकाले समयमै मर्मत थालिएको हो ।
“सानो समस्या बेवास्ता गर्दा ठूलो क्षति हुन सक्छ, त्यसैले तत्काल मर्मत गर्न लागिएको हो,” पौडेलले बताएका छन् ।
मर्मतका क्रममा सुरुङमार्ग हुँदै पावर हाउसतर्फ जाने पानी नदीमा नै फर्काइने भएकाले कालीगण्डकी नदीको सतह बढ्न सक्ने केन्द्रले जनाएको छ । नदी किनार आसपासका स्थानीयलाई सतर्क रहन पनि आग्रह गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट क्षमताको यो आयोजना स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अवस्थित छ । केन्द्रका अनुसार २९ गते बिहानपछि दुईवटा टर्बाइन मात्रै सञ्चालनमा आउनेछन् भने केही समय ९६ मेगावाट मात्रै विद्युत उत्पादन हुनेछ ।
बाँकी एक टर्बाइनको मर्मत पूरा हुन करिब २५ दिन लाग्ने अनुमान गरिएको छ । त्यसपछि मात्रै आयोजनाले पूर्ण क्षमतामा अर्थात् १४४ मेगावाट उत्पादन गर्ने बताइएको छ ।
आयोजना निर्माणकै समयमा भएको डिजाइन त्रुटिका कारण भल्बमा बेला–बेला समस्या दोहोरिने गरेको प्राविधिकहरूले बताएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला