स्याङ्जा चेम्बर अफ कमर्शको अध्यक्षमा श्रीबहादुर गुरुङ निर्वाचित भएका छन् । आइतबार सम्पन्न छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले गुरुङको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद अधिकारी (राजु), उद्योग उपाध्यक्षमा सुन्दरप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा धनकुमारी थापा, वाणिज्य उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा तथा जिल्ला नगर उपाध्यक्षमा डा. बसन्त पंगेनी चयन भएका छन् ।
यस्तै महासचिवमा ओमप्रसाद पौडेल, सचिवमा पिताम्बर गौतम (प्रकाश), सहसचिवमा देवी अधिकारी, कोषाध्यक्षमा गणेश पौडेल र सहकोषाध्यक्षमा विमला नेपाल अर्याल चयन भएका छन् ।
समितिका सदस्यहरूमा रेवती पाध्या रेग्मी, अच्युतप्रसाद पोख्रेल, शितलजंग केसी, सुनिता श्रेष्ठ, सरोज केसी, विवेक गोदार, प्रकाश पौडेल, मन्दिरा श्रेष्ठ, राधाकृष्ण शर्मा, सुवास खाती र मिनप्रसाद अर्याल रहेका छन् । निर्वाचन संयोजक अधिवक्ता टंकप्रसाद न्यौपानेका अनुसार नयाँ कार्यसमिति सहमतिका आधारमा चयन गरिएको हो ।
अधिवेशन उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले सिद्धार्थ राजमार्गको स्तरोन्नति हुन सके व्यवसायिक वातावरणमा सुधार आउने बताए । उनले व्यवसायीबीचको सहकार्य र एकताले जिल्लाको विकास तथा समृद्धिमा टेवा पुग्ने धारणा राखे ।
कार्यक्रममा चेम्बरका केन्द्रीय सदस्य तथा संस्थापक अध्यक्ष नन्दकुमारी लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टीका गुरुप्रसाद ढकाल, नेपाली कांग्रेसका नवराज सुवेदी, नेकपा एमालेका महेश पुरी, पुतलीबजारका पूर्व नगरप्रमुख सीमा क्षेत्री, स्याङ्जा उद्योग वाणिज्य संघका महासचिव रविन्द्र केसी, नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा तथा निवर्तमान अध्यक्ष लोकनाथ रेग्मीलगायतले व्यवसायीका हकहित संरक्षणका लागि साझा पहल आवश्यक रहेको बताएका थिए ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला