स्याङ्जाको पुतलीबजार नगरपालिकाले किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको छ । धान रोपाइँको समय सुरु भएसँगै नगरपालिकाले ५० प्रतिशत अनुदानमा १६ हजार १४९ किलो धानको बीउ उपलब्ध गराएको हो ।
नगरपालिकाका अनुसार १४ वटै वडाका किसानको मागका आधारमा रामधान १४ हजार ५ किलो र सावित्रीधान २ हजार १४४ किलो बीउ वितरण गरिएको छ । नगरप्रमुख तुलसीराम रेग्मीले विगतका वर्षझैँ यस वर्ष पनि किसानलाई अनुदानमा बीउ उपलब्ध गराइएको जानकारी दिए ।
सबैभन्दा बढी माग पुतलीबजार–१४ बाट आएको थियो । उक्त वडामा मात्रै ६ हजार १५० किलो धानको बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङगानाका अनुसार किसानले प्रति किलो ३३ रुपैयाँमा धानको बीउ खरिद गरेका छन् ।
स्याङ्जाका ११ वटै स्थानीय तहमा धानखेती हुने गरेको छ । विशेषगरी आँधीखोला, ज्याग्दीखोला, दरौँखोला र कालीगण्डकी नदी आसपासका फाँटहरू जिल्लाका प्रमुख धान उत्पादन क्षेत्रका रूपमा परिचित छन् । यहाँ रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथ लगायत उन्नत तथा स्थानीय जातका धान खेती हुँदै आएको छ ।
कृषि विकास कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा धान उत्पादन १३.८ प्रतिशतले वृद्धि भएर ४१ हजार ६४० मेट्रिकटन पुगेको थियो । हाल जिल्लामा करिब ९ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
उन्नत बीउ र आधुनिक प्रविधिको प्रयोगले उत्पादन बढ्दै गए पनि खेतीयोग्य धान खेत भने क्रमशः घट्दै गएको कृषि क्षेत्रमा कार्यरत सरोकारवालाहरू बताउँछन् ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते