नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

पुराना नेतृत्वको योगदानको कदर:

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

FNJ Syangja honors three former presidents

नेपाल पत्रकार महासंघ स्याङ्जाले संस्थाको नेतृत्व सम्हालिसकेका तीन पूर्व अध्यक्षलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको छ ।

आँधीखोला गाउँपालिका–१ म्हाँझुभञ्ज्याङमा आयोजित महासंघको १५औँ वार्षिक साधारणसभामा पूर्व अध्यक्षहरू ओमप्रकाश शर्मा, प्रकाश डोटेल र श्रीकृष्ण सिग्देललाई सम्मान गरिएको हो ।

महासंघको संस्थागत विकास र पत्रकारिताको क्षेत्रलाई अघि बढाउन खेलेको भूमिकाको मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले जानकारी दिए ।

सम्मानित पत्रकारहरूलाई आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले सामाजिक सञ्जालको बढ्दो प्रभावबीच सत्य र तथ्यमा आधारित पत्रकारिताको आवश्यकता झनै बढेको बताए । युट्युब र फेसबुकजस्ता माध्यममा फैलिने भ्रमपूर्ण सामग्रीप्रति सचेत रहँदै निष्पक्ष ढंगले समाचार सम्प्रेषण गर्न उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

अध्यक्ष पौडेलले श्रमजीवी पत्रकारको भूमिकाको सम्मान हुनुपर्ने उल्लेख गर्दै पत्रकारितासँग सम्बन्धित रचनात्मक काममा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

साधारणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भूपराज बस्याल, स्याङ्जा शाखाका पूर्व अध्यक्षहरू ओमप्रकाश शर्मा, प्रकाश डोटेल र श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर नेपाल गण्डकीका अध्यक्ष अर्जुन काफ्ले, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगाले, प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष मणिप्रसाद अर्याल, प्रेस सेन्टर नेपाल स्याङ्जाका अध्यक्ष केपी खनाल तथा जनपत्रकार संगठन नेपाल स्याङ्जाका अध्यक्ष ध्रुव गौडेललगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, सचिव हरिप्रसाद सुवेदी (सुशील) र कोषाध्यक्ष जोगराज पाठकले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds