नेपाल पत्रकार महासंघ स्याङ्जाले संस्थाको नेतृत्व सम्हालिसकेका तीन पूर्व अध्यक्षलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको छ ।
आँधीखोला गाउँपालिका–१ म्हाँझुभञ्ज्याङमा आयोजित महासंघको १५औँ वार्षिक साधारणसभामा पूर्व अध्यक्षहरू ओमप्रकाश शर्मा, प्रकाश डोटेल र श्रीकृष्ण सिग्देललाई सम्मान गरिएको हो ।
महासंघको संस्थागत विकास र पत्रकारिताको क्षेत्रलाई अघि बढाउन खेलेको भूमिकाको मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले जानकारी दिए ।
सम्मानित पत्रकारहरूलाई आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले सामाजिक सञ्जालको बढ्दो प्रभावबीच सत्य र तथ्यमा आधारित पत्रकारिताको आवश्यकता झनै बढेको बताए । युट्युब र फेसबुकजस्ता माध्यममा फैलिने भ्रमपूर्ण सामग्रीप्रति सचेत रहँदै निष्पक्ष ढंगले समाचार सम्प्रेषण गर्न उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
अध्यक्ष पौडेलले श्रमजीवी पत्रकारको भूमिकाको सम्मान हुनुपर्ने उल्लेख गर्दै पत्रकारितासँग सम्बन्धित रचनात्मक काममा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
साधारणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भूपराज बस्याल, स्याङ्जा शाखाका पूर्व अध्यक्षहरू ओमप्रकाश शर्मा, प्रकाश डोटेल र श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर नेपाल गण्डकीका अध्यक्ष अर्जुन काफ्ले, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगाले, प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष मणिप्रसाद अर्याल, प्रेस सेन्टर नेपाल स्याङ्जाका अध्यक्ष केपी खनाल तथा जनपत्रकार संगठन नेपाल स्याङ्जाका अध्यक्ष ध्रुव गौडेललगायतले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, सचिव हरिप्रसाद सुवेदी (सुशील) र कोषाध्यक्ष जोगराज पाठकले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते