बाँझो जमिन बढ्दै जानु, जंगली जनावरको त्रास र परम्परागत खेतीबाट किसानको मोह घट्दै गएको अवस्थामा स्याङ्जाको भीरकोट नगरपालिकाले अकबरे खुर्सानी खेतीलाई वैकल्पिक आम्दानीको आधार बनाउन थालेको छ ।
नगरपालिकाले सञ्चालन गरेको खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत नौवटै वडामा सामूहिक नर्सरी स्थापना गरेर अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार गरिएको हो । पालिकाका अनुसार २६ वटा नर्सरीबाट करिब एक लाख चार सय बिरुवा उत्पादन गरी २७० किसानलाई वितरण गरिएको छ । ती बिरुवाबाट झन्डै १२५ रोपनी क्षेत्रफलमा खेती विस्तार भएको जनाइएको छ ।
नगरपालिकाले यो कार्यक्रमलाई केवल बिरुवा वितरणमा सीमित नराखी किसानलाई आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ । अभिमुखीकरण, समूह गठन, बीउ व्यवस्थापन, रोग तथा किराको नियन्त्रण, जैविक विषादी निर्माण र झोलमल बनाउने तालिमसमेत सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले जानकारी दिए ।
उनका अनुसार उत्पादनशील जमिन उपयोगविहीन हुने, रासायनिक मल तथा विषादीको प्रयोग बढ्दै जाने र खेतीप्रतिको आकर्षण घट्ने समस्यालाई ध्यानमा राखेर अकबरे खुर्सानीलाई प्राथमिकतामा राखिएको हो । यसबाट किसानलाई कम क्षेत्रफलबाट पनि राम्रो आम्दानी लिन सकिने अपेक्षा गरिएको छ ।
एक रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी लगाउने किसानलाई हेफर प्रोजेक्ट नेपाल परियोजनाअन्तर्गत मल्चिङ प्लास्टिकसमेत सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
स्थानीयको बुझाइमा कृषि क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्न थालेका छन् । स्थानीय तह, विकास साझेदार संस्था र किसानबीचको सहकार्यले बाँझो जमिनको उपयोगसँगै रोजगारी र आयआर्जन बढाउने लक्ष्यलाई थप बल पुग्ने विश्वास नगर कार्यपालिका सदस्य एवं भीरकोट–७ का वडा अध्यक्ष ताराप्रसाद अर्यालले व्यक्त गरे ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला